काठमाडौं । काठमाडौंको गौशाला एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । साजन हुसेन भन्ने व्यक्तिमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको हो ।
साजन हुसेन गौशालाको पिके डायग्नोस्टिक सेन्टर सन्चालन गर्दछन्। उनीमाथि चक्कु प्रहार भएको जानकारी पाएपछि प्रहरी पुग्दा घटनास्थलबाट एक थान पेस्तोल बरामद भएको प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेले जानकारी दिए ।
घाइतेको खुट्टामा चोट लागेको छ। घटनास्थलबाट एउटा कटुवा पेस्तोल पनि बरामद भएको छ। घाइतेको केएमसी अस्पतालमा उपचार भइरहेको छ।
चक्कु प्रहार गर्ने व्यक्ति फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्