Logo

मेघनाथ पहाडी

श्रावण ६, २०८१ आईतबार

हिमालयन रिजन वेलफेयर फाउण्डेशनको वार्षिक साधारण सभा तथा कार्य समीक्षा सम्पन्न


काठमाडौँ । हिमालयन रिजन वेलफेयर फाउण्डेशन नेपालको वार्षिक साधारण सभा तथा कार्य समीक्षा सम्पन्न भएको छ । शनिवार गोकर्ण हिलसाईड रिसोर्ट काठमाडौँमा कार्यक्रम सम्पन्न भएको हो ।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाले सुरुवाती देखि हाल सम्म गरेका विभिन्न सामाजिक कामको डकुमेन्ट्री देखाइए जानकारी गराइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष राजु अधिकारीले सामाजिक संस्थालाई सधैँ साथ सहयोग गर्ने बताए । उनले आफ्नो उद्देश्य अनुसार संस्था चल्नुपर्ने भन्दै सामाजिक सङ्घ संस्था बचाउन आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

शैक्षिक क्षेत्रमा केही सेवा गर्न अग्रसर बनेको हिमालयन रिजन वेलफेयर फाउण्डेशनले आर्थिक समस्यामा परेर पढ्न नपाएका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आर्थिक सहयोग गरेर पढाउँदै आएको छ । विभिन्न ८ वटा विद्यालयमा ५० जना सम्म पडाउँदै आएको यस संस्थाले हाल पनि  विभिन्न विद्यार्थीलाई सहयोग गर्दै आएको संस्थाका अध्यक्ष निमा शेर्पाले बताए । हाल सम्म करिब २ करोड ५० लाख रकम विभिन्न क्षेत्रमा सहयोग गरेको अध्यक्ष शेर्पाको भनाई छ ।

संस्थाका कोषाध्यक्ष निम्तो शेर्पाले २०७२ सालको विनाशकारी भूकम्पमा समस्यामा परेका धेरै परिवारलाई मलहम पट्टी लगाएको बताए जनाए । वास्तविक समस्यामा परेका विभिन्न व्यक्ति तथा परिवारलाई आफ्नो खल्ती टकटक्याएर पनि शैक्षिक, स्वास्थ्य, खानेपानी, विद्यालय भवन निर्माण लगायतका विभिन्न समस्यामा साथ सहयोग गर्दै आएको बागमती पेजलाई जानकारी दिए ।