Logo

बागमती पेज

फाल्गुन २४, २०८१ शनिबार

डिआईजी कृष्ण हरि शर्माद्वारा नवनिर्मित प्रहरी चौकी सेमजोङ भवनको उद्घाटन


काठमाडौं । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको विनियोजित बजेटबाट नवनिर्मित प्रहरी चौकी सेमजोङ धादिङको भौतिक संरचनाको उद्घाटन सम्पन्न भएको छ । डिआईजी कृष्ण हरि शर्माद्वारा नवनिर्मित प्रहरी चौकी सेमजोङ भवनको उद्घाटन भएको हो।

कार्यक्रममा बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री माननीय श्री सुरज चन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

साथै उक्त कार्यक्रममा नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी, बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी कृष्ण हरि शर्मा , जिल्ला सुरक्षा समिति धादिङका पदाधिकारीहरु, धादिङ जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, जनप्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भयको थियो ।