Logo

बागमती पेज

जेष्ठ २५, २०८२ शनिबार

बुनपा-९ मा स्वास्थ शिविर सम्पन्न


काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ मा स्वास्थ शिविर सम्पन्न भएको छ । जिल्ला समन्वय समिति काठमाडौंका उप-प्रमुख शान्ति पाण्डेज्यूको समन्वय र परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डाक्टर श्री प्रसाद अधिकारीको नेतृत्वमा शनिबार (आज) बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा पाठेघर, प्रसूति तथा स्त्री रोगसम्बन्धी निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन गरिएको हो ।

उक्त कार्यक्रमबाट १६२ जनाले सेवा लिएका छन् भने १२ जनालाई थप जाँचका लागि प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा रिफर गरिएको छ।

समन्वय समिति काठमाडौं उप-प्रुमख पाण्डेले नि:शुल्क स्वास्थशिविर मार्फत धेरै भन्दा धेरै नागरिकलाई सुविधा दिने अभियानका साथ सञ्चालन भएको शिविरलाइ सहयाेग पुर्याउने सबैलाई धन्यवाद प्रदान गरेकि थिइन् । उनकाे नेतृत्वमा केही महिना अघि निशुल्क आँखा शिविर तथा मुटु राेगहरुकाे समेत शिवीर सम्पन्न भइसकेकाे छ ।