Logo

मेघनाथ पहाडी

श्रावण २९, २०८२ बुधबार

गोसाइँकुण्डमा ‘आर्ट अफ लिभिङ’ ध्यान शिविर सम्पन्न


रसुवा — गुरुदेव श्री श्री रविशंकरको दि आर्ट अफ लिभिङ फाउण्डेशन नेपाल शाखाले पवित्र गोसाइँकुण्डमा दुई दिने विशेष ध्यान शिविर सम्पन्न गरेको छ। संस्थाकी अनुभवी प्रशिक्षक कव्य लम्सालको नेतृत्वमा आयोजित शिविरमा देशका विभिन्न जिल्लाबाट सहभागीहरूको उपस्थिति रहेको थियो।

शिविरका क्रममा सहभागीहरूले गोसाइँकुण्डको प्राकृतिक सौन्दर्य र आध्यात्मिक वातावरणमा गहिरो ध्यान, मौन साधना, योग तथा श्वास–प्रश्वास प्रविधिको अभ्यास गरे। प्रशिक्षक लम्सालका अनुसार, पवित्र स्थलमा ध्यान गर्नु आत्मिक शान्ति, सकारात्मक ऊर्जा र जीवनप्रतिको गहिरो दृष्टिकोण प्रदान गर्ने अनुभव सहभागीहरूले लिएका छन्।

यस कार्यक्रमले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान गरेको आयोजकको दाबी छ। सहभागीहरूले ध्यान र साधनासँगै गोसाइँकुण्डको धार्मिक महत्व, प्राकृतिक सम्पदा र स्थानीय संस्कृतिको नजिकबाट अनुभव गरेका थिए।

आयोजकका अनुसार, यस्ता ध्यान शिविरहरूले व्यक्तिगत मानसिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै समाजमा शान्ति, प्रेम र सहअस्तित्वको सन्देश फैलाउने कार्य गर्नेछन्।