काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–३ गिन्चौर निवासी भक्तबहादुर राना मगर मंसिर ६ गते लडेर गम्भीर रूपमा घाइते भएका छन्। हाल काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर, माहांकालमा उपचाररत उनको मेरुदण्ड भाँचिएको चिकित्सकहरुले जनाएका छन्।
चिकित्सकका अनुसार राना मगरको तत्काल सर्जरी आवश्यक छ। तर कमजोर आर्थिक अवस्थाका कारण उपचार खर्च जुटाउन परिवारलाई कठिनाइ परेको छ। छोराहरू रमेश राना र सुरेश राना मगरले उपचारका क्रममा आर्थिक अभावका कारण ठूलो समस्या उत्पन्न भएको बताएका छन्।
परिवारले मानविय आधारमा सहयोगका लागि सबैमा हार्दिक अनुरोध गर्दै, “सानो सहयोगले पनि बुबाको जीवन बचाउन ठूलो सहारा बन्नेछ,” भनी आग्रह गरेका छन्।
सहयोग गर्न चाहनेहरुले—
📞 रमेश राना – 9803403910
📞 सम्पर्ककर्ता – 9765348649
मार्फत सम्पर्क गर्न सक्नुहुनेछ।
सिधै रकम पठाउन चाहनेका लागि बैंक खाता नम्बर तथा QR कोड पनि उपलब्ध गराइएको छ।

















प्रतिक्रिया दिनुहोस्