Logo

बागमती पेज

६ फाल्गुन २०८२, बुधबार

फेरील्यान्ड इण्टरनेशनल स्कूलको ऐतिहासिक सफलता


फेरील्यान्ड इण्टरनेशनल स्कूलको ऐतिहासिक सफलता
फेरील्यान्ड इण्टरनेशनल स्कूलले एक महिनाभित्र ६ वटा ट्रफी जित्दै खेलकुद क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेको छ। यो उपलब्धि विद्यालयका लागि मात्र होइन, सम्पूर्ण फेरील्यान्ड परिवारका लागि गर्वको विषय बनेको छ। विद्यार्थीहरूको निरन्तर मेहनत, अनुशासन, टीमवर्क र प्रशिक्षकहरूको समर्पित मार्गदर्शनकै कारण यस्तो उल्लेखनीय सफलता सम्भव भएको हो।
हालै सम्पन्न विभिन्न बास्केटबल प्रतियोगितामा विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै ६ वटा ट्रफी जितेको छ। विद्यालयका खेलाडीहरूले ड्याफोडिल कप, फेरील्यान्ड कप र ज्ञानसँस्कार कप मा च्याम्पियनको उपाधि जितेका छन् भने जेबी कप मा पहिलो उपविजेता, फेरील्यान्ड टिम बी र फेरील्यान्ड जे बोयज ले दोस्रो उपविजेताको स्थान हासिल गरेका छन्। यी उपलब्धिहरूले फेरील्यान्ड इण्टरनेशनल स्कूलको खेलकुद क्षेत्रमा बढ्दो प्रभाव र निरन्तर प्रगतिको प्रमाण प्रस्तुत गरेका छन्।
विद्यालय प्रशासनले यस सफलता हासिल गर्न सहयोग गर्ने सम्पूर्ण विद्यार्थी, प्रशिक्षक, अभिभावक र शुभेच्छुकहरूलाई हार्दिक बधाई र धन्यवाद व्यक्त गरेको छ। साथै, आगामी दिनमा अझ बढी मेहनत, अनुशासन र उत्कृष्टताका साथ अघि बढ्न खेलाडीहरूलाई प्रेरित गरिएको छ। फेरील्यान्ड इण्टरनेशनल स्कूलले “सफलता बानी बन्ने ठाउँ” भएको पुष्टि गर्दै भविष्यमा पनि खेलकुदमा नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य राखेको छ।