काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ४ का नेकपा (एमाले) का उम्मेदवार डा. राजन भट्टराईले गणेशथानमा मतदान गरेका छन् ।
भट्टराईले आफ्नो मतदान केन्द्रमा पुगेर बिहानै मताधिकार प्रयोग गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले लोकतन्त्रको सुदृढीकरण र देशको विकासका लागि मतदान महत्त्वपूर्ण रहेको बताए। उनले मतदाताहरूलाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन समेत अपिल गरे।
काठमाडौँ क्षेत्र नम्बर ४ मा यसपटक पनि रोचक प्रतिस्पर्धा देखिएको छन् । डा. भट्टराईले यस क्षेत्रको विकास र नागरिकका समस्या समाधान गर्ने मुख्य एजेन्डासहित चुनावी मैदानमा छ। देशभर आज एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भइरहेको छ।












प्रतिक्रिया दिनुहोस्