Logo

बागमती पेज

२९ फाल्गुन २०८२, शुक्रबार

इनिसा मृत्यु प्रकरण: अनुसन्धान वैज्ञानिक विधिबाट


बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिसा विकसँग सम्बन्धित घटनामा प्रहरीले वैज्ञानिक तवरले अनुसन्धान अघि बढाएको छ । त्यसका लागि सीआईबीको एक टोलीदेखि पोलिग्राफसम्मको विज्ञ टोली अनुसन्धानमा सक्रिय भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधिर राज शाहीका अनुसार यी टोलीले बिहीबार नै सुर्खेत आएर अनुसन्धान अघि बढाइसकेका छन् ।

नेपालगन्जबाट आएको पोलिग्राफ गर्ने विज्ञ टोलीले अभियुक्तहरूको बयानलाई परीक्षण गर्छ र झुटो बोलेको भए पत्ता लगाउँछ । जिल्ला प्रहरी कार्यालयका एक अनुुसन्धान अधिकृतका अनुसार प्रहरी अनुसन्धानको करिब निष्कर्षमा पुगिसकेको अवस्थामा सामाजिक सञ्जालदेखि सबैतिरबाट विभिन्न तरिकाले बहस गराइएपछि विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको हो ।