Logo

बागमती पेज

माघ २८, २०७७ बुधबार

प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन (तस्वीरमा हेर्नुहोस्)


काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले बुधबार काठमाडौंमा गरेको प्रदर्शन र सभामा देशभरिबाट जनसहभागिता देखियो ।

शक्ति प्रदर्शन गर्ने सिलसिलामा यो समूहले उपत्यकाका विभिन्न ५ ठाउँबाट जुलुस निकालेको थियो । जुलुस भृकुटीमण्डपमा पुगेर मुख्य सडकमै सभा आयोजना गरिएको थियो ।

राजधानीको सबैभन्दा व्यस्त मानिने क्षेत्रमा सभा राखेको र त्यहाँ दशौं हजार मानिसहरु सहभागी भएका कारण बुधबार दिनभरजसो उपत्यकाको यातायात क्षेत्र प्रभावित भयो । संसद विघटनपछि पुस १४ र माघ ९ गते पनि प्रदर्शनसहितको सभा गरेको प्रचण्ड-माधव समूहले बुधबार गरेको तेस्रो सभा हो ।