Logo

बागमती पेज

जेष्ठ ८, २०७८ शनिबार

लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेश र काठमाडौं खेलकुद समाजले कोभिड संक्रमितलाई सहयोग गर्ने


काठमाडौं । नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले कोभिड संक्रमितलाई सहयोग गर्ने भएको छ ।

लोकतान्त्रीक संघ बागमती प्रदेशले कोभिड संक्रमण भएका खेलाडी, खेलकर्मी तथा खेलपत्रकारहरुका लागि निःशुल्क विशेषज्ञ सुविधा सहित आवश्यकता अनुसार अन्य सहयोग समेत गर्ने भएको हो ।

संघले शुक्रबार जारी गरेको प्रतिवद्धता पत्रमा संघका अध्यक्ष दिपक गुरुङ्गले अभियानको शुरुवातमा कारँते प्रशिक्षक वैजनाथ यादवको परिवारलाई ३०,००० हजार प्रदान गरेर अभियानको सुरुवात गर्न लागिएको बताएका छन् ।

अभियानको व्यवस्थापन गरिरहेको काठमाडौं खेलकुद समाजले संक्रमितहरुको उपचार, खाद्यन्न तथा यथाशक्य आर्थिक सहयोग उपलब्ध गराउने गरी अभियान शुरु भएको समाज अध्यक्ष दामोदर भट्टराई(बद्री)ले बागमती पेजलाई जनाएका छन् ।