नुवाकोट । नुवाकोट जिल्लामा बाम गठबन्धनले जितको खाता खोलेको छ । शिवपुरी गाउँपालिका वडा नम्बर १ बाट जित निकालेको हो ।
शिवपुरी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले बाम गठबन्धन गरी स्थानीय तह निर्वाचनमा सहभागी भएका थिए । आइतबार बिहान वडा नम्बर १ को नतिजा आएसँगै बाम गठबन्धन माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार सुकुराम तामाङ सहित प्यानल विजयी भएका छन् । तामाङले ९९२ मत प्राप्त गरी विजयी भएका हुन् ।
यस्तै नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार महेन्द्र राज खत्रीले ६६८ मत प्राप्त गरेका छन् । एमालेका वडाध्यक्ष उम्मेदवार राजाराम दुलालले ८० मत प्राप्त गरेका छन् ।
बाम गठबन्धनका उम्मेदवार विजयी भएसँगै बाम गठबन्धनका गाउँपालिका अध्यक्ष उम्मेदवारले अग्र स्थानमा छन् । वडा नम्बर १ सम्म आएको मत परिणाम अनुसार एकीकृत समाजवादीका बाम उम्मेदवार पदम उप्रेतीको ८८० मत आएको छ । बाम गठबन्धनका उपाध्यक्ष उम्मेदवार वीर बहादुर तामाङको ९५१ मत आएको छ ।
नेपाली काँग्रेसका अध्यक्ष उम्मेदवार गोविन्द थपलियाको ५७१ मत आएको छ । उपाध्यक्ष उम्मेदवार इन्दिरा खड्काको ५९० मत आएको छ ।
एमालेका उम्मेदवार जितेन्द्र विष्टको १६७ मत आएको छ । उपाध्यक्ष उम्मेदवार मंगलमाया प्रजापतीको १५२ मत आएको छ । शिवपुरी गाउँपालिकामा ८ वटा वडा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्