काठमाडौँ । गायक शिव परियारको स्वरमा रहेको ‘लेख्छ कस्ले मर्ने मिति’ बोलको गीत सार्वजनिक भएको छ । प्रिन्स लियोको शब्द रहेको गीतमा नेहर बुढाथोकीको संगीत छ । गीतको संगीत संयोजन विशाल निरौलाले गरेका हुन् ।
गीतको भिडियोमा प्रिन्स लियो र बिना राउतको अभिनय देख्न सकिन्छ । पछिल्लो समय नेपाली समाजमा देखिएको सामाजिक विकृतिले बिछोडिएको परिवारको कथा भिडियोमा देखाइएको छ । भिडियोमा प्रिन्स र बिनाका अलावा बालकलाकार आयुषा ढकाल र प्रशान्त डिसीको पनि अभिनय छ ।
मिलन विश्वकर्माको सम्पादन रहेको भिडियो प्रकाश खड्काले छायांकन गरेका हुन् । भिडियोका निर्देशक विक्रम चौहान हुन्
प्रतिक्रिया दिनुहोस्