काठमाडौं । उदयपुरको सप्तकोशी प्रभावित क्षेत्रमा उद्धार कार्य आज पनि जारी छ । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी प्रभावित क्षेत्रमै रहेर उद्धार कार्य जारी राखेको हो ।
सप्तकोशीले चतरा क्षेत्रमा उदयपुरतर्फ कटान गरि भंगालो पसेको हो । भंगालो पसेर उदयपुरको बेलका नगरपालिकाको १, २, ३, ८ र ९ डुवानमा परेको थियो ।
एक हजार पाँचसय घरपरिवार डुबानमा परेका छन् भने १० हजार घर परिवार उच्च जोखिममा परेका छन् ।
घर छाडेका अधिकांश प्रभावितहरु आफन्तको शरणमा बसेका छन् भने अन्य मानिसहरु विद्यालय र सामुदायिक भवनमा बसेका छन् ।
स्थानीय सरकार र प्रशासनले उद्धारसँगै पिडितहरुलाई राहत तथा सहयोगको ब्यवस्था मिलाउन लागि परेको छ ।
रेडक्रस लगायतका विभिन्न संघसंस्थाले प्रभावित क्षेत्रमा खटेर उद्धारमा सहयोग गर्दै आएको छ भने राहत सामग्रीको ब्यवस्था गरिरहेको छ ।
बेलका नगर प्रमुख अशोक कार्कीका अनुसार बेलैमा उद्धार कार्य थालिएकोले मानवीय क्षती भएको छैन ।
मोटरबोट, प्लाष्टिकको डुङ्गा, ट्याक्टर र सुरक्षाकर्मीको सवारी साधन उद्धारमा प्रयोग भएका छन् । उच्च जोखिम भएपनि कतिपय घरपरिवार सुरक्षित स्थान सर्न मानेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्