Logo

बागमती पेज

आश्विन १, २०७७ बिहीबार

मनास्लु वर्ल्ड कलेजले असोज ३ गते छात्रवृत्तिको लागि प्रवेश परीक्षा गराउदै


काठमाडौं । चावहिल -७, चुच्चेपाटीमा स्थित रहेको मनास्लु वर्ल्ड कलेजले शैक्षिक सत्र २०७७/०७८ को कक्षा ११ मा अध्ययन गर्न चाहने विधार्थी हरुको लागि अनलाइनको माध्यमबाट प्रवेश परीक्षा असोज ३ गते शनिवारका दिन सञ्चालन गर्ने भएको छ ।

स्थापनको छोटो समयमा नै निकै चर्चा बटुलेको उक्त कलेजमा असोज ३ गते विहान विभिन्न समयमा प्रवेश परीक्षा हुन लागेको हो । विज्ञान संकाय अध्ययन गर्न चाहने विधार्थी हरुको विहान ११:०० बजेदेखि १२:३० सम्म, व्यवस्थापन, मानविकी तथा कानुनी संकाय अध्ययन गर्न चाहने विधार्थी हरुको लागि दिउँसो १:०० बजे देखी २:३० बजे सम्म अनलाइनको माध्यमबाट प्रवेश परीक्षा हुने कलेजका प्रिन्सिपल राजन श्रेष्ठले बताए ।

उक्त विभिन्न संकायमा हुने प्रवेश परीक्षामा पास भएका मध्ये उत्कृष्ट १०० जना विधार्थीहरुको लागि छात्रवृत्ति प्रदान गर्ने मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले जनाएका छन्