Logo

बागमती पेज

आश्विन २, २०७७ शुक्रबार

कोरोनाको नयाँ रेकर्डः नेपालमा पहिलो पटक थपिए २ हजार भन्दा बढी संक्रमित


Corona Virus COVID-19

काठमाडौं । बितेको २४ घण्टामा देशभर २ हजार २० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या ६१,५९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये १७३ आईसीयूमा उपचाररत छन् भने ३६ जना भेन्टिलेटरमा रहेका छन् ।

हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुनेको दर ७१.१ प्रतिशत रहेको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २९५ र होम आइसोलेशनमा ८ हजार ०८८ जना रहेका छन् । यस्तै आज पीसीआर ११ हजार ४५८ जनाको भएको छ ।