Logo

बागमती पेज

आश्विन २, २०७७ शुक्रबार

काठमाडौंमा घरधनीले गरे कोठा भाडामा बस्नेको हत्या


काठमाडौं । काठमाडौंमा घरको सुरक्षाका लागि प्रयोग गरिने आग्लोले हिर्काएर एक जनाको हत्या भएको छ । बारा कलैया उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं भाजङगल बस्ने ४८ वर्षीय शम्भु चौधरीको हत्या भएको हो ।

काठमाडौंस्थित कीर्तिपुर नगरपालिका–७ भाजङगलका ६६ वर्षीय कृष्ण महर्जनले सामान्य विवादमा चौधरीलाई आग्लोले हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

आग्लोले लागेर गम्भीर घाइते चौधरीको उपचारको क्रममा कीर्तिपुर मोडल अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।