Logo

बागमती पेज

आश्विन ३, २०७७ शनिबार

मोडल एंव निर्देशक हेरुका लामाको ‘साउने झरी’ सार्वजनिक


काठमाडौं । चर्चित मोडल एंव निर्देशक हेरुका लामा र निरान्जली लामा अभिनित ‘साउने झरी’ बोलको गीत सार्वजनिक भएको छ । हेरुका लामाको अफिसियल युटुबबाट उक्त गीत सार्वजानिक गरिएको हो ।

सुनिल दिप्त राइले लेखेको उक्त गीतलाई उदय राज पौडेलले संगीत संयोजन, तारा प्रकाश लिम्बुले संगीत गरेका हुन भने उनै गायक एंव संगीतकार तारा प्रकाश लिम्बु र गायीका दीपा लामाले गाएका हुन ।

पेम्जोङ लामाको निर्माण, राम कुमार केसिले छायांकन, मनोज कार्किले कलर दिलिप तामाङले सम्पादन गरेको उक्त भिडियोलाई उनै मोडल एंव निर्देशक लामाले कोरियोग्राफ र निर्देशन गरेका हुन ।

https://www.youtube.com/watch?v=ZFaGGTouECo&feature=share&fbclid=IwAR1lHEg1U_6hM1wAXnszNvIU-4i5cCRwbvQKu3w19EI52kYh0zTX6hhdDcg