Logo

बागमती पेज

आश्विन ४, २०७७ आईतबार

बूढानीलकण्ठमा ‘नागरिक संवाद’ शुरु


Budhanilkantha nagar nagarik sambad

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको ‘नागरिक संवाद’ शुरु भएको छ । बूढानीलकण्ठ नगरपालिकामा वसोवास गर्दै आएका विभिन्न क्षेत्रमा योगदान पुर्याएका विज्ञ तथा विसिष्ट व्यक्तिहरु संग छलफल गर्दै नगरपालिकाको योजना तथा कार्यक्रममा समावेस गर्ने उदेश्यले स्वास्थ्य क्षेत्रका बिज्ञ व्यक्तित्वहरु संग छलफल गरिएको थियो ।

सोच नेपालको सहकार्यमा भएको नागरिक संवादमा नगरप्रमुख उद्दव प्रसाद खरेलले आगमी दिनमा निरन्तर रुपना अन्य क्षेत्रका व्यक्तित्वहरु संग पनि गहन छलफल गर्न आवश्यक रहेको बताए ।

नागरिक संवाद कार्यक्रममा नगरपालिकालाई सुझाव दिँदै डा. भगवान कोइरालाले नगरपालिकामा रहेका कोरोना संक्रमित बाहेकका अन्य विरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न सकिने बताउँदै त्यसका लागि स्वास्थ्य टिमको नेतृत्व गर्न तयार रहेको जानकारी गराएका थिए । अहिलेको विषम परिस्थितिमा अर्थतन्त्र भन्दा स्वास्थ्य प्रमुख रहेको भन्दै डा. कोइरालाले ज्यानलाई खरातामा नपारिकन अन्य गतिविधि संचालन गर्नुपर्ने सुझाव दिएका थिए ।

त्यस्तै रोटरियन दिलिप अधिकारीले नगरपालिकाका निम्न आय भएका व्यक्तिहरुका लागि विशेष सहयोगको प्याकेज घोषणा गर्नुपर्ने बताए । उनले यस्ता कार्यमा विभिन्न सामाजिक संघ संस्थालाई परिचालन गर्नुपर्ने सुझाव दिए । तोयानाथ अधिकारीले शिक्षा क्षेत्रमा पारेको असर वारेमा जानकारी दिँदै वैकल्पिक पठन-पाठनमा नगरपालिकाले बृहत छलफल गर्नुपर्ने सुझाए ।

त्यस्तै शिवकुमार राईले नगरपालिकाले विज्ञहरुलाई बोलाएर छलफलको शुरुवात गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा हरेक गतिविधिमा प्रत्यक्ष सहयोग हुने धारणा राखे ।

नागरिक संवादमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक नवराज ढकालले चाडवाडको समयमा हुने घटनाहरुप्रति सचेत हुनुपर्ने बताउदै नगरपालिकाले शसक्त अनुगमन संयन्त्र निर्माण गरेर बजार तथा अन्य क्षेत्रको अनुगमनमा तीव्रता दिनुपर्ने सुझाएका थिए ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल, उपप्रमुख रमा राई, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, नगर प्रवक्ता नवराज भट्टराई लगायतको उपस्थितिमा भएको छलफलमा डा. भगवान कोइराला, शिव कुमार राई, पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक नवराज ढकाल, तोयानाथ अधिकारी, दिलिप अधिकारी, डा. केवी घर्ती, अप्सरा पाण्डे लगायतका विज्ञहरुको सहभागिता रहेको थियो ।