Logo

बागमती पेज

आश्विन १५, २०७७ बिहीबार

नेविसंघ महामन्त्री वैद्यले ३ लाख ५० हजार मास्क नि:शुल्क वितरण गर्दै


काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय महामन्त्री मनोज वैद्यले काठमाडौं महानगरबासीको लागी ३ लाख ५० हजार मास्क नि:शुल्क वितरण गर्ने भएका छन् ।

असोज १६ गते मास्क बितरण गर्ने कार्यक्रम रहेको नेपाल तरुण दल काठमाडौं जिल्ला सचिव दिनेश बिक्रम शाह जानकारी दिए ।

कार्यक्रमा २ हजार २० पीस सर्जिकल मास्क आफुले पनि सहयोग गरेको सचिव शाहले बताए । अहिले काठमाडौं बसोबास गर्नेहरु पनि एउटा माक्स पाउनबाट बन्चित रहेको भन्दै आफूले मास्क वितरण गर्न लागेको महामन्त्री वैद्यले बताए ।

राज्यले केही नगरेको बेला महानगरका जनतालाई सुरक्षित राख्ने उद्देश्यले मास्क नि:शुल्क वितरण सुरु गर्न लागेको उनको भनाइ छ ।