Logo

बागमती पेज

आश्विन १६, २०७७ शुक्रबार

काठमाडौंमा फैलिँदो कोरोना, एकैदिन थपिए ९४३ संक्रमित


काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ सय ४३ जना नयाँ संक्रमित थपिएका छन्।

देशभर १९ सय ११ जना नयाँ संक्रमित थपिएको अवस्थामा काठमाडौं उपत्यकामै आधा भेटिएका हुन्। मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार काठमाडौं जिल्लामा मात्रै ८१७ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै ललितपुर जिल्लामा ६८ जना संक्रमित थपिँद उपत्यकाको अर्को जिल्ला भक्तपुरमा ५८ जना नयाँ संक्रमित भेटिएका छन्।