Logo

बागमती पेज

आश्विन १८, २०७७ आईतबार

२४ घण्टामा देशभर २२५३ जना संक्रमित थपिए


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २२५३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

उनका अनुसार आज देशभर सक्रिय संक्रमित २२ हजार २१९ रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् । आज १२ हजार ७८४ जनाको पीसीआर भएको छ ।

यस्तै देशभर कोरोना निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ। यसैगरी कोरोनाबाट आज थप ७ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ।