Logo

बागमती पेज

आश्विन १९, २०७७ सोमबार

डाक्टर केसीका मागबारे सरकार जिम्मेवार बन्न सह-संयोजक तामाङको आग्रह


काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका सह-संयोजक रन्जित तामाङले डाक्टर गाेबिन्द केसीका मागका बारे सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।

सरकारकाे रबैया बुझेका, डाक्टर केसी याे महामारीका बेला संयम बनेकाे भए राम्रो हुने बताउँदै जतिसक्दाे चाडाे बार्ता-छलफलबाट निकास निकाल्न सत्याग्रहकाे सम्मान गर्न सरकारलाई माग गरेका छन् ।

चिकित्सा शिक्षा सुधारको माग राखेर १९ औं पटक २२ दिनदेखि डाक्टर केसी अनसनमा छन् । जुम्लामा अनसन बसेका केसीलाई काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल राखिएको छ । उनको स्वास्थ्य दिनप्रतिदिन बिग्रँदै गएकाे छ ।

सामाजिक सञ्जाल मार्फत उनले भनेका छन् , `डाक्टर गाेबिन्द केसीका माग बारे सरकार जिम्मेवार बन्नु पर्छ, सरकारकाे रबैया बुझेका, डाक्टर केसी पनि महामारीका याे बेला संयम बनेकाे भए हुने थियाे । जे हाेस जतिसक्दाे चाडाे बार्ता-छलफलबाट निकास निकाल्न सत्याग्रहकाे सम्मान गर्न सरकारलाई माग गर्दछु ।’