Logo

बागमती पेज

आश्विन २०, २०७७ मंगलबार

चौँरीगोठबाट सुत्केरी महिलाको उद्धार गर्दै भोटेकोशी गाउँपालिका


काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले चौरीगोठबाट सुत्केरी महिलाको उद्धार गरेको छ ।

भोटेकोशी गाउँपालिका वडा नं. १ र ३ को सीमानामा पर्ने बाखाङ स्थित चेवा घ्याप्साबाट ३६ वर्षिए फुर्लम्बु शेर्पाको उद्धार गरिएको हो ।

बच्चा जन्मिएर अधिकतम रक्तश्राब भए पश्चात पालिकाको आर्थिक सहयोग तथा गाउँपालिका अध्यक्ष राजकुमार पौडेल र वडा नं. १ का अध्यक्ष मुके शेर्पाको पहलमासुत्केरीको उद्धार गरिएको छ ।

सडक सञ्जालको पहुच नपुगेको पालिकाकै विकट मानिने हिमाली क्षेत्रबाट सुत्केरीको हेलिकोप्टेर मार्फत उद्धार गरि थप उपचारका लागि काठमाडौं स्थित थापाथली प्रशुती गृहमा ल्याईएको वडाध्यक्ष शेर्पाले जानकारी दिएका छन् ।

गाउँपालिका अध्यक्ष पौडेलका अनुसार पालिकाले झण्डा र अण्डाको नीति ल्याएको छ । पालिकाले सुत्केरी महिलाहरुको पहिचान गरी पोषिलो खानेकुरा (एक धार्नि घ्यू, एउटा भाले, अण्डा) सहित आर्थिक सहयोग गर्दे आएको छ ।