Logo

बागमती पेज

आश्विन २१, २०७७ बुधबार

भक्तपुरमा निर्वाचित जनप्रतिनिधिसहित सयौं कार्यकर्ता नेकपामा प्रवेश


भक्तपुर । भक्तपुर नगरपालिकामा सिमित रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सयौं नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

आज नेकपा भक्तपुरका जिल्ला कमिटी अध्यक्ष वचन देउजाको सभापतित्वमा भएको पार्टी प्रवेश कार्यक्रममा नेमकिपाका निर्वाचित जनप्रतिनिधिसहित नेता तथा कार्यकर्ता गरी करिव २०० भन्दा बढी नेमकिपा त्यागी नेकपामा प्रवेश गरेका हुन ।

नेमाकिपा भक्तपुर नगरपालिकाका वडा नं १ का निर्वाचित सदस्य विश्वराज शिल्पकारको नेतृत्वमा सयौं नेमाकिपाका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्दै निर्वाचित वडा सदस्य शिल्पकारले नेपाल मजदुर किसान पार्टी विधि र पद्धतिमा भन्दा नि व्यक्तिवादमा चलेको, पार्टीले क्षेत्रगत दायरा बढाउन नसकेको, राष्ट्रिय राजनीतिमा पहुँच राख्न नसकेको कारण आफू नेकपामा प्रवेश गरेको बताईन् ।

नेकपा बागमती प्रदेशका सचिव आनन्द पोख्रेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा भक्तपुर नेकपा पार्टी अध्यक्ष एवं केन्द्रीय सदस्य दिलिप प्रजापति, चाँगुनारायण नगरपालिका प्रमुख एवं नेकपाका केन्द्रीय सदस्य सोम मिश्रलगायतको उपस्थितिमा उनीहरुलाई पार्टी प्रवेश गराईएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले नव प्रवेश कार्यकर्ताहरुलाई हैसियत र क्षमता अनुसारको पार्टीमा जिम्मेवारी प्रदान गरिने बताए ।