Logo

बागमती पेज

आश्विन २४, २०७७ शनिबार

कागेश्वरी मनोहराद्वारा स्वास्थ्य स्वयमसेविका सम्मानित तथा प्रोत्साहन रकम वितरण


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वमसेविकाहरुलाई नगरले सम्मान तथा प्रोत्साहन रकम वितरण गरेको छ । महिला स्वास्थ्य स्वमसेवीकाको कामको सम्मान तथा स्वास्थ्य सेवामा थप सेवा पुगोस् भन्ने उदेश्यले सम्मान र प्रोत्साहन रकम वितरण गरिएको हो ।

कागेश्वरी मनोहरा वडा नं. ४, ५ र ६ मा कार्यरत महिला स्वास्थ्य स्वम्सेविकाहरुलाई सांसद सरिता न्यौपाने र नगर प्रमुख कृष्णहरी थापाले सम्मान तथा प्रोत्साहन रकम वितरण गरेका हुन् ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य सरिता न्यौपानेले आयोजकलाई धन्यवाद दिदै विगतमा मातृ शिशु मृत्युदर अन्तको लागि महिला स्वास्थ्य स्वयंसेविकाहरुको अतुलनीय योगदान रहेको कारण मातृ तथा शिशु मृत्युदरमा कमि आएको जानकारी गराईन् । उनले कोरोना नियन्त्रणको लागि पनि महिला स्वयमसेविकाहरुको महत्वपुणर् भूमिका रहेको भन्दै जनचेतनामूलक कार्यमा सुरक्षित भएर लाग्न समेत अनुरोध गरिन् ।

नगर प्रमुख थापाले स्वयम्सेविकाहरुलाई आगामी दिनमा नगरबासीको स्वास्थ्यलाई ध्यानमा राखि अझै सक्रिय भएर स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरेका थिए । उनले कार्यरत महिला स्वास्थ्य स्वयमसेविकाहरुले गरेको कार्यको उच्च मूल्यांकन गरेर सम्मान सहित प्रोत्साहन रकम प्रदान गरिएको बताएका छन् ।

कोभिड फोकल पर्शन लक्ष्मी कोइरालाका अनुसार नगरमा कार्यरत १ सय १८ जना महिला स्वास्थ्य स्वमसेविकाहरुलाई सम्मान तथा मासिक रु.१ हजारका दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने क्रममा शुक्रबार वडा नं. ४, ५ र ६ मा कार्यरत महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान तथा प्रोत्साहन रकम प्रदान गरिएको हो ।