Logo

बागमती पेज

आश्विन २४, २०७७ शनिबार

कम्प्युटर शिक्षाबाट विद्यार्थी वञ्चित हुनु हुँदैन: प्रवक्ता बराल


सिन्धुली । फिक्कल गाउँपालिकाले प्राविधिक शिक्षामा जोड दिन १५ वटा सरकारी विद्यालयहरुलाई कम्प्युटर वितरण गर्ने भएको छ ।

वडा नं ५ का अध्यक्ष तथा पालिका प्रवक्ता राजु बरालका अनुसार कम्युटर शिक्षा अनिवार्य भएपनि गाउँपालिका भित्रका विद्यालयहरुमा प्रभावकारी रुपमा प्रयोग हुन नसकेका कारण इन्टरनेट र विद्युत सहितको कम्प्युटर वितरण गर्न लागिएको हो ।

प्रवक्ता बरालले भने, ‘कम्युटरको  सैद्धान्तिक ज्ञान भएर मात्र हुँदैन यसको प्रयोगात्मक ज्ञान हुन आवश्यक छ ।’

कम्युटरको सैदान्तिक ज्ञान मात्र भएर उपयोगी नहुने भएका कारण विद्यार्थीहरु आफैंले चलाएर कम्प्युटरको सही रुपमा सदुपयोग गरे मात्र प्रभावकारी हुनेमा उनको जोड छ । त्यसै अनुरुप विद्यालयलाई १० थान ल्यापटप, १/१ थान प्रिन्टर, प्रोजेक्टर, इन्टरनेट, इन्भटर वितरण गरिने तथा यन्त्र सञ्चालन गर्न आवश्यक विद्युतका लागि सोलारको समेत व्यवस्था गराईने भएको हो ।

गाउँपालिकाको समन्वयमा सोलर गिप पावरले फिक्कलका १२ वटा माध्यमिक र ३ वटा निम्न माध्यमिक विद्यालयलाई कम्युटर वितरण गर्ने भएको होे । सोलार गिप पावर गाउँपालिकाले १५ वटा विद्यालयलाई उपलब्ध गराई सकेको तर कोरोनाको महामारिका कारण विद्यालयलाई हस्तान्तरण गर्न नसकिएको प्रवत्ता बरालको भनाई छ ।