Logo

बागमती पेज

आश्विन २५, २०७७ आईतबार

२०७१ जनामा कोरोना पुष्टि, उपत्यकामा १४१६ जना


काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ४२७ नमुना परीक्षण गर्दा ७०२ महिला र १२६९ पुरुषमा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संंख्या १ लाख ७ हजार ७५५ पुगेको छ । उनीहरुमध्ये ६३६ जनाको मृत्यु भएको छ भने ७५ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १५५२ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३१ हजार ३१५ संक्रिय संक्रमित छन् । १७ हजार ६६६ होम र १३ हजार ६४९ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये ३२९ जनाको आईसीयू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।