Logo

बागमती पेज

आश्विन ३०, २०७७ शुक्रबार

चाडपर्व आएसँगै बूढानीलकण्ठको बजार अनुगमनमा तीब्रता


काठमाडौं । नेपालीहरुका मुख्य चाडपर्व दशैँ, तिहार, छठ लागयत नजिकिएसँगै बूढानीलकण्ठ नगरपालिकाले बजार अनुगमन तीब्रता दिएको छ ।

नगरपालिका भित्र विभिन्न सेवा प्रदान गर्दै आएका खाद्यान्न, मासु, औषधी, तरकारी लगायतका विभिन्न पसलहरुले तोकिएको मापदण्ड पुरा नगरेको भन्ने गुनासो बढे संगै बजार अनुगमनलाई तीब्रतादिइएको हो ।

नगर उपप्रमुख रमादेवी राईको नेतृत्वमा असोज ३० गते बूढानीलकण्ठ नगरपालिका-३ को बूढानीलकण्ठ मन्दिर वरपरका क्षेत्रमा अनुगमन गरिएको छ । शुक्रबार बिहान सोही क्षेत्रका मासु, मिठाइ, किराना, औषधी लगायतका पसलसँगै हार्डवयर, होटल डेरी  र पुजा सामग्रीका पसल समेत अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा सामाग्रीको गुणस्तर, म्याद र सम्बन्धित निकायको स्वीकृति भएनभएको तथा स्वास्थ्य मापदण्ड लगायतका बारेमा अनुगमन निरीक्षण गरिएको थियो ।

उपप्रमुख राईको नेतृत्वमा भएको अनुगमनमा वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई, प्रशासकीय अधिकृत जयराम गजुरेल, स्वास्थ्य शाखाका प्रमुख कुमार प्रसाद दाहाल, पशु शाखाका प्रमुख काजी बहादुर श्रेष्ठ, नगर प्रहरी प्रमुख रमेश खतिवडा, इन्जिनियर बैकुण्ठ भण्डारी, प्रहरी निरीक्षक राजकुमार तामाङ, वडा नं ३ का सदस्य आकाश धिताल र सदस्य बबिता रम्तेल, प्रहरी सहायक निरीक्षक विकाश कार्की, नगरपालिकाका सहायक मनिराज राई, सिर्जना पौडेल, राष्ट्रिय उपभोक्ता मञ्च बूढानीलकण्ठका संयोजक तारा खड्का लगायतको लगायतको टोलीले अनुगमन तथा निरीक्षण गरेको थियो ।