Logo

बागमती पेज

कार्तिक २, २०७७ आईतबार

‘योगदान राष्ट्रको लागि’ अभियानको दाङ समिति गठन


काठमाडौं । शनिबार सम्पन्न दाङ भेलाबाट “योगदान राष्ट्रको लागि“ अभियानको दाङ जिल्ला समिति सर्वसम्मत रुपमा चयन गरिएको छ ।

भेलाले जुनु हमालको संयोजकत्वमा दाङ कार्यसमितिको चयन गरेको हो । सोही अवसरमा कार्यसमिति बैठक तथा सदस्यता पत्र वितरण समेत गरिएको संयोजक हमालले बागमती पेजलाई जानकारी दिएकी छन् ।

पदाधिकारीहरु:
संयोजक :
जुनु हमाल
सह-संयोजक : संगिता पोख्रेल
सचिव : अमन गिरि
उप-सचिव : सबिता लम्साल
कोषाध्यक्ष : सम्राट न्यौपाने

नव गठित योगदान राष्ट्रको लागि दाङ समितिलाई अभियानका अध्यक्ष ओम उप्रेतीले सक्रियता पूर्वक सामाजिक काममा लागेर हाल यस अभियानमा जोडिएका सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।