Logo

बागमती पेज

कार्तिक २, २०७७ आईतबार

‘योगदान राष्ट्रको लागि’ अभियानको बारा समिति गठन


काठमाडौं । “प्राथिमक उपचार, हाम्रो सरोकार’’ नाराको साथ ‘योगदान राष्ट्रको लागि’ बारा समिति गठन भएको छ ।

स्वास्थ्य क्षेत्रमा सामान्य ज्ञानको अभावमा अकालमा ज्यान गुमाउने गरेका कैयौ नेपालीहरुको जीवन रक्षार्थ देश्व्यापी रुपमा निःशुल्क प्राथमिक उपचार तालिम सञ्चालन गरिएको थियो । सामाजिक काम गर्ने अभियान बोकेर ‘योगदान रास्ट्रको लागि’ अभियानले देशका ७७ वटै जिल्लामा जिल्ला समिती बनाउने अभियान जारी रहेको छ ।

सोही अन्तर्गत शनिबार सम्पन्न बारा जिल्ला निजगढ-११ स्थित रतनपुरी स्वास्थ्य चौकी रतनपुर भेलाबाट सर्वसम्मत रुपमा तदर्थ २१ सदस्यीय जिल्ला समिती बारा चयन भएको छ ।

पदाधिकारीहरु:
संयोजक :
श्याम प्रसाद पौडेल
सह-संयोजक : पवन विश्वकर्मा
सचिव : निकेश तिमल्सिना
उप-सचिव : हेमन्त लो
कोसाध्यक्ष : चूडा कुमारी बस्नेत

सदस्यहरुमाः
दिनेश परियार
ढक बहादुर खत्री
सरिता कटुवाल
तिलक घलान
आशिष तामाङ
विजय शाह
सन्तोष कुँवर दनुवार
खेमराज शाह
राम यादव
महमद जमाल अहमद
जितेंद्र पासवान
जंग ब. शाह
त्रिपुरारी राउत
गोविंद गुप्ता
जयदिप कु. गुप्ता
शनि गुप्ता

नव गठित ‘योगदान राष्ट्रको लागि’ बारा समितिलाई अभियानका अध्यक्ष ओम उप्रेतीले विशेष सरसल्लाह र मार्गदर्शन दिनु हुने रतनपुर स्वस्थ्य चौकी प्रमुख जन-स्वास्थ्य निरीक्षक दिनेश परियार लगायत सक्रियता पूर्वक सामाजिक काममा लागेर अभियानमा जोडिएका सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।