Logo

बागमती पेज

कार्तिक ५, २०७७ बुधबार

सबैको हौसलाले मनोबल बढेको छ, कोरोना जितेर जनसेवामा चाँडै सक्रिय हुनेछु: प्रवक्ता राजु बराल


काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका -५ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता राजु बरालले आफू छिट्टै (कोभिड-१९) कोरोना संक्रमण मुक्त हुने विश्वास व्यक्त गरे । अग्रमोर्चामा रहेर कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानमा सक्रिय रहँदै आएका प्रवक्ता बराल कोरोना संक्रमण देखिएसंगै हाल होम आइसोलेसनमा बसेका छन् ।

बागमती पेजसँग कुरा गर्दै आफूलाई कुनै पनि किसिमको लक्षण नरहेको र स्वास्थ्य अवस्था ठिक रहेको बताएका प्रवक्ता बरालले भने, ‘सबैको हौसलाले मनोबल बढेको छ र कोरोनालाई छिट्टै पराजित गर्न सक्ने आत्म विश्वास बढेको छ, कोरोना जितेर जनसेवामा चाँडै सक्रिय हुनेछु ।’

वडाध्यक्ष तथा पालिका प्रवक्ता बरालले निषेधाज्ञा खुल्यो भनेर हेलचेक्र्याई नगर्न, बिना काम भिड-भाडमा नजान, जानै परे स्वास्थ्य सुरक्षा सावधानी अपनाउन अनुरोध गर्दै घरबाहिर निस्कँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउन र सामाजिक दुरी कायम गरि बिशेष सतर्कता अपनाउन समेत अनुरोध गरेका छन् ।