‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्…’ गायक रामकृष्ण ढकालको यो गीत यतिबेला काठमाडौँ उपत्यकाका बासीहरुका लागि वास्तविकता बनेको छ ।
जाडो मौसम नजिकिँदा गर्दा यतिबेला उपत्यकाका चारैतिर सेताम्मे हिमालहरु हामी देख्न पाउँछौँ । सायद कोरोनाभाइरसको कारण लामो समयसम्म लागू गरिएको लकडाउन र मानिस तथा सवारीको चहलपहलमा आएको कमी कारण काठमाडौँको आकाश पनि पहिलेको तुलनामा धेरै खुल्ला देख्न पाइन्छ ।
महामारीको तनावका बीच मन नै लोभ्याउने हिमालका लहरहरु देख्न पाउँदा एकछिन भएपनि सबैले दुःख र पीडालाई अवश्य बिर्सनेछन् ।
प्रतिक्रिया दिनुहोस्