Logo

बागमती पेज

कार्तिक १५, २०७७ शनिबार

मुख्यमन्त्री पौडेल कोरोनामुक्त


हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन् । प्रादेशिक प्रयोगशाला धुलिखेलमा आज गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो । मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार मुख्यमन्त्रीलाई एकदुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ ।

यही कात्तिक ६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । मुख्यमन्त्री हाल शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौँमा उपचाररत रहेका छन् । मुख्यमन्त्रीकी पत्नी विजयामा भने संक्रमण कायम नै रहेको जनाइएको छ ।