Logo

बागमती पेज

कार्तिक १७, २०७७ सोमबार

सिन्धुलीमा कोरोनाबाट एक महिलाको मृत्यु


सिन्धुली । सिन्धुलीमा पहिलोपटक कोरोना भाइरस संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

आइतबार साँझ ६ः१५ बजे ८४ वर्षीया कमलामाई नगरपालिकाका निवासी ती महिलाको सिन्धुली अस्पतालमा मृत्यु भएको हो ।

कोरोना चेकजाँच रिपोर्ट आज साँझ ६ बजेतिर पोजेटिभ आएको हो । सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले भने, ‘मृतक महिला कमलामाई ६ पानीट्यांकी निवासी हुन् ।’

उनको स्वास्थ्यमा धेरै समस्या आएपछि हिजो राति ९ बजे सिन्धुली अस्पताल ल्याएको थियो । आज कोरोना रिपोर्ट आएको १५ मिनेटपछि उनको मृत्यु भएको थियो ।

मृतकको शब नेपाली सेनाले व्यवस्थापन गरेको थियो । सिन्धुलीको कमलामाइ–७ स्थित गडौली दोभानमा शब व्यवस्थापन हुँदैछ । आजै मृतकको अन्त्यष्टी गरिने सिन्धुली अस्पतालले जनाएको छ ।

३ हजार ८ सय ४४ जनाको स्वाब संकलन गरेर पिसिआर गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

सक्रिय संक्रमित २६ जना होम क्वारेन्टाइनमा उपचाररत रहेका छन् भने एक जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।