अमेरिकामा मंगलबार ३ नोभेम्बरको मतदानले ह्वाइट हाउसमा डोनल्ड ट्रम्प टिकिरहनेछन् वा अब जो बाइडेनको नयाँ ठेगाना हुनेछ भन्ने कुराको निश्चित हुनेछ ।
तर अमेरिकामा जब मतदान आफ्नो चरम स्थानमा पुग्नेछ, त्यतिबेला नेपालमा राती भइसकेको हुनेछ ।
नेपाल र अमेरिकामा लगभग १२ घण्टाको अन्तर छ त्यसैले अमेरिकामा जब बिहान मतदान सुरु हुनेछ तब नेपालमा मंगलबार बेलुका भइसकेको हुनेछ ।
यस्तोमा नेपालको हिसाबले हेर्ने हो भने अमेरिकामा जब मतदान समाप्त हुनेछ तब नेपालमा बुधबार भइसकेको हुनेछ ।
नतिजा कहिले आउला ?
साधारणतया अमेरिकामा मतदानको राती नै तस्बिर स्पष्ट हुन्छ तर कोरोना महामारीका कारण यस पटक त्यहाँ धेरैजसो मतदाताले पहिले नै मतदान गरिसकेका छन् जसका कारण मतगणनामा ढिलाई हुनसक्छ ।
अमेरिकाको अलग–अगल राज्यमा मतदानको अलग–अलग समय छ ।
सबैभन्दा पहिले पूर्वी तटीय प्रदेशमा मतदान हुन्छ । यसपटक जब बेलुका सात बजे मतदान बन्द हुनेछ तब नेपालमा बुधबार बिहान पौने ६ बजिरहेको हुनेछ ।
मतदान समाप्त भएपछि अलग–अलग राज्यमा मतको गन्ती सुरु हुन्छ ।
मतदान भएको राती कहिले पनि मतगणना समाप्त हुँदैन तर त्यति भोटको गन्ती हुन्छ जसले निश्चित रुपमा थाहा हुन्छ कि बिजेता को हुन् ।
यद्यपि, मतको गन्ती समाप्त भइसक्दैन त्यसपछि यसलाई प्रोजेक्सन वा रुझान मात्रै भनिन्छ ।
यो वर्ष भिन्न के छ ?
यो वर्ष कोरोना महामारीका कारण पहिलेको तुलनामा धेरै मानिसहरुले पहिले नै वा त डाकबाट वा आफैं गएर मतदान गरिसकेका छन् ।
डाकबाट हालिएको पोस्टल मतको गन्तीमा धेरै समय लाग्छ किनभने त्यसमा मतदाताको पहिचान गर्ने प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
फ्लोरिडा र ओहायोजस्ता केही राज्यमा पहिचानको यो प्रक्रिया थुप्रै हप्ता अघि सुसरु हुन्छ त्यसैले त्यहाँ पोस्टल मतको गन्ती मतदानलगत्तै सुरु हुन्छ र को जितिरहेको छ भने थाहा हुन्छ ।
तर पेन्सिल्वेनिया र विस्कोन्सिनजस्ता राज्यमा मतदानको दिन अघि जाँच प्रक्रिया सुरु गर्ने अनुमति हुँदैन ।
यस्तोमा यी राज्य नतिजाका लागि महत्वपूर्ण हुन्छन् र यसपटक चुनाव अधिकारीले भनिसकेका छन् कि मतको गन्तीमा थुप्रै दिन लाग्न सक्छ ।
प्रतिक्रिया दिनुहोस्