Logo

बागमती पेज

कार्तिक १८, २०७७ मंगलबार

भक्तपुरमा जुवा खालबाट १२ जना पक्राउ


भक्तपुर नगरपालिका–१० कमलविनायकमा माधव सुवालका घरमा जुवा तास खेलिरहेका अवस्थामा प्रहरीले आज १२ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीको टोलीले सुवालसहितलाई पक्राउ गरेको हो ।

प्रहरी परिसर भक्तपुरका अनुसार जुवाखालबाट प्रहरीले रु एक लाख ९० हजार ५०० बरामद गरेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।