Logo

बागमती पेज

कार्तिक २१, २०७७ शुक्रबार

कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु


कोरोना संक्रमणबाट एक जना वडाध्यक्षको मृत्यु भएको छ ।

कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणबाट मृत्यु भएको हो । ६३ वर्षीय शाहको शुक्रबार विहान ६ः२५ बजे मृत्यु भएको उपमेयर अन्चला चौधरीले जानकारी दिइन् ।

शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका थिए । उनी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए ।