Logo

बागमती पेज

कार्तिक २१, २०७७ शुक्रबार

योनी किन चिलाउँछ ? जान्नुहोस् यसबाट बच्ने उपाय


प्राय सबैजसो महिलाहरु आफ्नो जीवनको कुनै न कुनै क्षणमा योनी चिलाउने समस्याबाट गुज्रिएका हुन्छन्। कहिलेकाँहि यसो हुनु सामान्य भएपनि लामो समयसम्म चिलाइराख्नु वा बारम्बार चिलाइराख्नु भने राम्रो होइन ।

योनि चिलाउने समस्या धेरै कारणबाट हुन सक्छ । ती मध्ये प्रमुख कारण योनि राम्रोसँग सफा नगर्नाले यो समस्या उत्पन्न हुन जान्छ भने जथाभावि यौन सम्बन्धबाट हुने यौन रोगबाट पनि योनी चिलाउँछ । योनी चिलाउने कारणहरु:
१, तनाव स् सुन्दा अचम्म लागेपनि यो सहि हो कि तनावको कारणले गर्दा योनि चलाउँछ । सबैभन्दा पहिले त के कारणले गर्दा योनी चिलाएको हो त्यो पत्ता लगाउनु पर्याे । यदि धेरै जनासँग यौन सम्पर्कले यो समस्या भएको हो भने सबै भन्दा पहिले त त्यस्तो कार्य तुरुन्त बन्द गर्नुहोस ।
२, कुनै रसायनिक पदर्थको प्रयोगबाट जस्तै पर्फुमको प्रयोगले भो भने सो प्रयोग बन्द गर्नुहोस ।
३, बास्नादार टावेल वा बाथ टबमा नुहाउँदा भएको हो भने त्यसो गर्न छाड्नुहोस ।
४, सुतिको पेन्टि मात्र प्रयोग गर्नुहोस् र चिलाइ निको नभएसम्म राति सुत्दा पेन्टि नलगाउनुहोस ।
५, चिलाउन निको नभएसम्म यौन सम्पर्क नराख्नुहोस । राख्नै परे कन्डमको प्रयोग गर्नुहोस् ।
६, योनी सुख्खा हुने समस्या छ भने यौन सम्बन्ध राख्दा चिप्लो बनाउने जेलिको प्रयोग गर्नुहोस । एजेन्सी