Logo

बागमती पेज

मंसिर २, २०७७ मंगलबार

अन्जु पन्तको ‘यादका लहरहरु’मा राजेश र करिश्मा


काठमाडौं । नेपाली फिल्मको एक समयका हिट जोडी अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर अभिनित म्युजिक भिडियो ‘यादका लहरहरु’ सार्वजनिक भएको छ । गायिका अन्जु पन्तको स्वर रहेको डा.प्रकाश पौडेलको शब्द र राज सागरको संगीत रहेको छ ।

राजेश र करिस्मा प्रेमी जोडीको रुपमा देखिएको भिडियो   उत्तम हुमागाईंको छायाँकन र प्रविन श्रेष्ठको सम्पादन रहेको छ ।

हरी हुमागाईको निर्देशन रहेको भिडियोमा राजेश र करिश्माको जोडी सुहाउँदो छ । दर्शकले दुबैको भिडियो अभिनयलाई राम्रा कमेन्ट सहित लाईक गरेका छन् ।             https://youtu.be/RILn5M7Ybw0