Logo

बागमती पेज

मंसिर १३, २०७७ शनिबार

नेपालका चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई कोरोना संक्रमण


काठमाडौं । नेपालका चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार बिहान लामिछानेले ट्विट मार्फत आफू कोरोना संक्रमित भएको जनाएका छन ।

गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले ट्विट मार्फत जानकारी दिएका छन् ।

अहिले होम आइसोलेसनमा रहेको जानकारी दिँदै सन्दीपले लेखेका छन्, ‘यदि सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु । तपाईंहरु मलाई आशिर्वाद दिनुस् ।’