Logo

बागमती पेज

मंसिर १५, २०७७ सोमबार

म्याराडोनालाई मेस्सीको भावुक श्रद्धाञ्जली !


एजेन्सी । लियोनेल मेस्सीले डिएगो म्याराडोनालाई भावुक श्रदाञ्जली अर्पण गरेका छन् । आइतबार ओसासुनाविरुद्ध गोल गरेपछि मेस्सीले न्यूवेल्स ओल्ड ब्वाइजको जर्सी प्रस्तुत गर्दै मेस्सीले म्याराडोनालाई श्रद्धाञ्जली दिएका हुन् ।

बुधबार हृदयघातका कारण निधन भएका म्याराडोनाका लागि खेलको शुरुवातअघि एक मिनेट ताली बजाएर सम्मान दिइएको थियो । यसमा पनि मेस्सी निकै भावुक देखिएका थिए ।

ओसासुनाविरुद्ध ४–० को जीत निकाल्ने क्रममा मेस्सीले खेलको ७३ औँ मिनेटमा गोल गर्न सफल भए । यो सिजन ओपन प्लेबाट पहिलो गोल गरेका मेस्सीले त्यसपछि आफ्नो बार्सिलोनाको जर्सी फुकाल्दै म्याराडोनाको सम्मानमा नयूवेल्स ओल्ड ब्वाइजको १० नम्बरको जर्सी प्रस्तुत गरेका थिए । नियमका अनुसार मेस्सीले यसका लागि पहेँलो कार्ड पनि पाए ।

मेस्सीले बाल्यकालमा न्यूवेल्समा खेलेका थिए भने म्याराडानाले पनि करियरको अन्त्यतिर सो क्लबबाट खेलेका थिए । सन् २००८ देखि २०१० सम्म म्याराडोना मेस्सी सम्मिलित अर्जेन्टिनी टिमका प्रशिक्षक रहेका थिए ।