Logo

बागमती पेज

मंसिर १६, २०७७ मंगलबार

नागार्जुन नगरपालिकामा १५ शैयाको अस्पताल शिलान्यास


काठमाडौं । नागार्जुन नगरपालिकामा १५ शैयाको रामकोट आधारभुत अस्पताल शिलान्यास गरिएको छ।

नेपाल सरकारले आज देशका ३९६ स्थानीय तहमा ५ देखि १५ शैया सम्मको अस्पताल शिलान्यास गर्ने कार्यक्रम अन्तर्गत नागार्जुन नगरपालिका वडा नं ७ ईन्द्रायणी पाखामा सो असपतालको शिलान्यास गरिएको हो।

नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय हृदयेश त्रिपाठी द्वारा शिलान्यास गरिएको सो अवसरमा नगर प्रमुख मोहन बहादुर बस्नेत, उपप्रमुख शुसिला अधिकारी सहित स्वास्थ्य शाखाका प्रतिनिधि तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।