Logo

बागमती पेज

मंसिर १७, २०७७ बुधबार

चुनिखेलको नामाकरण भएको ऐतिहासिक चुनदेवी मन्दिर पुन:निर्माण हुने


काठमाडौं। चुनिखेलको नामाकरण भएको ऐतिहासिक चुनदेवी मन्दिर पुन:निर्माण हुने भएको छ। काठमाडौं उपत्यकाको पुरानो बस्ति मध्येको एक चुनिखेलको नामकरण गरिएको सो मन्दिरमा २०७२ शालको भूकम्पमा क्षेती पुगेको थियो।

वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठका अनुसार वडाको ऐतिहासिक धार्मिक सम्पदाका रुपमा रहेको सो मन्दिरको पुन:निर्माणका लागि वडा कार्यालयको पहलमा २१ सदस्यीय पुन:निर्माण समिति गठन गरेर काम अगाडी बढाईएको छ ।

स्थानीयहरुको धार्मिक आस्था र पहिचान संग जोडिएको सो मन्दिर पुन:निर्माणमा व्यापक जनसहभागिताका लागि अनुरोध गर्दै अध्यक्ष श्रेष्ठले चुनिखेल क्षेत्रको संस्कृति संरक्षण वडाको पहिलो प्राथमिकतामा पर्ने बताए ।

सो मन्दिर पुन:निर्माण समितिको अध्यक्षमा सागर श्रेष्ठ रहेका छन् भने उपाध्यक्ष, सचिव र कोषाध्यक्ष, सहसचिवमा क्रमश: अनिल महर्जन, टिकेस नारायण श्रेष्ठ, पुन माया श्रेष्ठ र सन्तलाल श्रेष्ठ  रहेका छन् ।

पुरानो मौलिकता संरक्षण गर्दै  कलात्मक शैलीमा  निर्माण हुने सो मन्दिरको प्रारम्भिक लागत अनुमान १ करोड ६५ लाख रहेको छ।