Logo

बागमती पेज

मंसिर २०, २०७७ शनिबार

बूढानीलकण्ठका विकास निर्माणमा डा. भट्टराईको चासो (फोटो फिचर)


Bunapa 10 dr. Rajan Bhattrai

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले काठमाडौं क्षेत्र नं ४ अन्तर्गत रहेको बूढानीलकण्ठ नगरपालिका वडा नं १० का विभिन्न योजनाहरुको निरिक्षण गरेका छन् ।

सो अवसरमा डा.भट्टराई लगायतको टोलीले धोवीखोला कोरिडोर, नगर अस्पताल निर्माण स्थल, देउराली टोल, मिलन चोक-भण्डारी गार्मेन्ट ढल व्यवस्थापन तथा सडक निर्माण, कपन बहुमुखी क्याम्पस भवन निर्माण स्थल, कपन ह्यान्डबल मैदान, ज्योति नगर पुल निर्माण, आकाशे धारा मार्ग बाटो ढलान, आकाशेधरा-राम मन्दिर सडक निर्माण योजना, मिलनचोक तरकारी बजार ढल व्यवस्थापन, भूकम्प स्मृति पार्क, सिद्धेश्वर मन्दिर क्षेत्र लगायतका स्थानमा भैरहेका विकास निर्माण गतिविधिको बारेमा स्थलगत अनुगमन गरेका हुन् ।

काठमाडौं क्षेत्र नं ४ मा भैरहेका विकास निर्माणहरुको निरिक्षण र थप योजनाहरुका बारेमा निरन्तर स्थलगत निरिक्षण गर्दै आएका डा. भट्टराईले ठुला र दिर्घकालिन महत्वका पूर्वाधार योजना बनाउनका लागि स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गर्दै मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन बिस्तारका वारेमा समेत जिज्ञाशा राखे ।

बूढानीलकण्ठ नगरपालिका-१० मा भएको स्थलगत अनुगमनमा नगर प्रमुख उद्दव खरेल, उपप्रमुख रमा राई, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटा, नेकपा काठमाडौं जिल्ला कमिटी सदस्य मिठाराम अधिकारी, सुशिला सिलवाल, नेकपा बूढानीलकण्ठ अध्यक्ष रबिन अधिकारी, वडा नं १० का अध्यक्ष नवराज भट्टराई, सदस्य भुव प्रसाद रेग्मी, दिल कुमारी बिक सहित वडा नं १० मा पुगेका डा .भट्टराईले विभिन्न योजनाहरु निरीक्षण गर्दै निर्माणको अवस्थाका वारेमा जानकारी लिएका हुन् ।