Logo

बागमती पेज

मंसिर ३०, २०७७ मंगलबार

राजतन्त्रलाई बिर्साउनले अध्यादेश तुरुन्त फिर्ता गरियोस्ः अध्यक्ष नारायण दाहाल


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेश अध्यक्ष नारायण दाहालले संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश तत्काल खारेज गर्न माग गरेका छन् ।

अध्यक्ष दाहालले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘राजतन्त्रलाई बिर्साउने अध्यादेश प्रकरण तुरुत्तै फिर्ता गरियोस् ।भन्दै अध्यक्ष दाहाल अध्यादेश तत्काल फिर्ता गर्नुको विकल्प नभएको बताएका छन् ।’

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरेकी थिइन् । सरकारले ल्याएको उक्त अध्यादेशलाई अध्यक्ष नारायण दाहालले संविधानको मूल्य मान्यता र भावनाविपरित भएको भन्दै तत्काल फिर्ता गर्नुपर्ने बताएका हुन् ।