Logo

बागमती पेज

पुस ३, २०७७ शुक्रबार

रामेछाप ट्राफिकद्वारा तीन महिनामा ४८ लाख राजश्व संकलन


रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले तीन महिनाको अवधिमा ४८ लाख बराबरको राजश्व संकलन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख रामेश्वर पाण्डेका अनुसार कार्यालयले गत साल भरीमा संकलन गरेको राजश्व संकलन यो पटक तीन महिनाको अवधिमा संकलन गरेको हो ।

ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न ४६ सय सवारी साधनलाई कारवाही गरी असोज, कात्तिक र मंसिर महिना भित्र ४७ लाख ८९ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ ।

गत २०७६/०७७ मा ७२ सय ५० सवारीसाधनलाई गरिएको कार्बाहीबाट ५२ लाख ५० हजार राजश्व संकलन भएको थियो । ट्राफिक प्रहरी प्रमुख पाण्डेले भने, चालु आर्थिक वर्षको तीन महिनामै गतसाल भन्दाबढी राजश्व संकलन भएको हो ।

ट्राफिक नियम उलङ्घन गर्नेहरुलाई कारवाही पनि थप कडाई गरे सँगै राजश्वमा बृद्दी भएको हो । पछिल्लो समय जिल्ला ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा चेकिङ्लाई कडाई गरेको छ ।

पाण्डेका अनुसार गतसालको तुलनामा सवारी दुर्घटना पनि नियुनिकरण आएको छ । कोरोना भाइरस संक्रमणले गर्दा सवारीसाधनको कम आवतजावत् र सुरक्षित यात्राले गर्दा दुर्घनामा समेत न्युनिकरण आएको छ ।