Logo

बागमती पेज

पुस ५, २०७७ आईतबार

संसद विघटनविरुद्ध सडकमा उत्रिए नेकपा कार्यकर्ता (तस्वीरमा हेरौं)


Aandolan Nekapa Bagmatipage.com

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, कार्यकर्ता सडकमा उत्रिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै नेकपाका जनवर्गीय संगठनहरु प्रदर्शनमा उत्रिएका हुन् । आइतबार अपरान्ह माइतीघरमा निकालिएको प्रदर्शनमा पूर्वसभामुख ओनसरी घर्ती मगरलगायत सहभागी छन् ।

प्रदर्शनमा सहभागी नेता, कार्यकर्ताहरुले ‘संसद विघटनको असंवैधानिक कदम खारेज गर’, ‘पुस १ को नयाँ संस्करण, पुस ५ को संसद विघटन’, ‘सर्वसत्तावादी कदम खारेज मूर्दावाद’, ‘संसद विघटन जनमतको धोका हो’ लगायतका नारा लगाएका छन् ।

राजीनामा दिएर सिंहदरबारबाट यसरी बाहिरिए सात मन्त्री (तस्वीरमा हेर्नुस् )