Logo

बागमती पेज

पुस ९, २०७७ बिहीबार

गोकर्णेश्वरको सुन्दरीजल मुलखर्कमा स्वास्थ्य चौकी शिलान्यास


काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल मुलखर्कमा मुलखर्कमा स्वास्थ्य चौकीको शिलान्यास गरिएको छ । पौष ६ गते एक कार्यक्रमकाबीच गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका हुन् ।

गोकर्णेश्वर नगरपालिकाले बिनियोजन गरेको एक करोड सत्तरी लाखको लागतमा निर्माण हुन लागेको स्वास्थ्य चौकी भवन निर्माण पश्चात सो भेगका जनताको स्वास्थ्यमा पहुच पुग्ने बिश्वास लिइएको छ । कार्यक्रमको सम्बोधन गर्दै नगर प्रमुख सन्तोष चालिसेले स्वास्थ्य चौकी भवन निर्माण सम्मपन्न भई सञ्चालनमा आएपछी उक्त भेग बिशेषगरी मुलखर्क ओख्रेनी, कुने, चिलाउने लगायतका स्थानीय लाभान्वित हुने विश्वास व्यक्त गरे ।

उनले स्वास्थ्य क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउँदै हरेक वडामा एक स्वास्थ्य चौकी स्थापना गर्ने नगरपालिकाको अभियान रहेको समेत जानकारी दिए । नगरप्रमुख चालिसेले नगरपालिकाले संचालनमा ल्याएको बिरामी बोक्ने एम्बुलेन्स २४ सै घण्टा संचालन भईरहेको जानकारी दिँदै सुत्केरी महिलाहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने बताए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडाध्यक्ष राम मानन्धर, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल बिपी संग्रहालयका संस्थापक अध्यक्ष परशुराम पोखरेल, साबिक सुन्दरीजल गा.वि.स का जनप्रतिनिधि शेरबहादुर लामा, श्री नारायण श्रेष्ठ लगायत स्थानीयको उपस्थिति रहेको थियो ।