Logo

बागमती पेज

पुस १२, २०७७ आईतबार

बूढानीलकण्ठमा ट्याक्टरको ठक्करबाट पैदलयात्रुको मृत्यु


काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-४ पासिकोटमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । दुर्घटनामा नुवाकोट सूर्यगडी नगरपालिका-२ घर भएकी ४६ वर्षीया बाटुलीदेवी थापाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार शनिबार दिउँसो पासिकोट ओरालोमा ना५त ६२०८ नम्बरको ट्याक्टरले पैदलयात्रु थापालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनापछि ट्याक्टर अनियन्त्रित हुँदा चालक रामेछाप मन्थली-७ का २५ वर्षीय लबु खड्का पनि घाइते भएका छन् । उनको पनि त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।